हलिउड अभिनेता एलेक बाल्डविनमाथि चल्नेछ अनैच्छिक हत्याको मुद्दा

हलिउड अभिनेता एलेक बाल्डविनमाथि अनैच्छिक हत्याको मुद्दा चलाइने भएको छ । एलेक बाल्डविनले एक फिल्मको सुटिङका बेला सिनेम्याटोग्राफर हेलिना हचिन्समाथि प्रप गन (फिल्म वा टेलिभिजनको सुटिङमा प्रयोग हुने बन्दुक) बाट गोली चलाएका थिए जसका कारण उनको मृत्यु भएको थियो ।
अक्टोबर २०२१ को घटनाका कारण बाल्डविनमाथि यो मुद्दा चलाइँदैछ । उनीहरू न्यु मेक्सिकोको सान्टा फे नजिकै एक रेन्चमा ‘रस्ट’ नामको एउटा फिल्मको सुटिङ गरिरहेका थिए । त्यति नै बेला यो घटना भएको हो ।
यो घटनामा बाल्डविनसँग फिल्मकी आर्मरर हान् गुतिरेट रिडमाथि पनि मुद्दा चलाइनेछ । दुबैका वकिलले आफूहरू अदालतमा यो मुद्दा लड्ने बताएका छन् ।
उनले एक बयानमा भने, ‘यो मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण छन् । मेरो नजरमा कोही पनि कानुनभन्दा माथि छैन । र हरेक व्यक्ति न्यायको हकदार छन् ।’
दुवैमाथिको आरोप प्रमाणित भए १८ महिनाको जेल सजाय र पाँच हजार डलर जरिवाना हुन सक्नेछ । जुरिले मुद्दाको फैसला गर्नेछ ।
उक्त घटनामा फिल्मका निर्देशक जोएल सुजा पनि घाइते भएका थिए तर अभियोजकका अनुसार यसमा कुनै मुद्दा चलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ