विपक्षी गठबन्धनमा उपसभामुखको उम्मेदवार अभाव !

काठमाडौँ । विपक्षी गठबन्धनलाई प्रतिनिधि सभाको उपसभामुखमा उठाउने उम्मेदवारको अभाव भएको छ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवार दिएकाले कांग्रेसबाहेकका दलबाट उपसभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
सङ्घीय संसद् सचिवालयले शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उपसभामुखको मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ तर विपक्षी गठबन्धनले उपसभामुखको उम्मेदवार तय गर्न सकेको छैन । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोभिता गौतमलाई उठाउने लगभग निश्चित छ । तर, विपक्षी गठबन्धनबाट भने कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने निर्णय भैनसकेको नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरको भनाइ छ ।
उपसभामुखको उम्मेदवार तय गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति देउवा निवास धुम्वाराहीमा बोलाइएको बैठकमा उपसभामुखमा कसलाई उठाउने भन्ने छलफल हुने कांग्रेसले जनाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसिरहेको छ । बैठकले उपसभामुखको उम्मेदवार तय गर्ने सो पार्टीका एक नेताको भनाइ छ ।
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन् । स्रोतका अनुसार उपसभामुखमा जसपा, एकीकृत समाजवादी र लोसपामध्ये एक दलबाट उठाउने तयारी छ । तर एकीकृत समाजवादीले उपसभामुखमा उम्मेदवारी दिन अनिच्छा प्रकट गरेको बुझिएको छ । समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट श्रोतका अनुसार कांग्रेसले नेकपा समाजवादीलाई उपसभामुखको उम्मेदवार बनाउन आग्रह गरेपनि सकभर अरु पार्टीबाटै उठाउन भनेको छ ।
‘उपसभामुखमा हाम्रो इच्छा छैन । सकभर जसपा र लोसपाबाट उम्मेदवारी दिए राम्रो भनेका छौ । यदि उहाँहरुले दिन चाहनुभएन भने अन्तिममा हामीले पनि दिनुपर्ने हुनसक्छ’, नेकपा समाजवादीका एक पदाधिकारी भन्छन्,‘हाम्रोबाट उम्मेदवारी दिनुपर्यो भने भानुभक्त जोशी वा अम्बर बहादुर थापामध्ये एकलाई उम्मेदवार बनाउन सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?