बाजुरामा हिमपात, जनजीवन प्रभावित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो ।
पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ ।
चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ ।
जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल