गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु, दर्जनौँ घाइते

बग्दाद । इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
“खेल सुरु हुनुभन्दा केही घण्टाअघि ठूलो सङ्ख्यामा फुटबल समर्थक रङ्गशालामा पुगेका थिए र गेटमा भागदौड मच्चिँदा दुई जनाकोे मृत्यु हुनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए,” बसरा अपरेशन कमाण्डका एक इराकी कर्णेलले नाम नबताउने शर्तमा भने ।
रङ्गशालाको अधिकतम क्षमता ६५ हजारभन्दा बढी दर्शक खेल हेर्नका लागि भेला भएपछि सुरक्षा निकायले दर्शकलाई रङ्गशालाभित्र छिर्न रोक्ने प्रयास गरिरहेको समय भागदौड मच्चिएको स्रोतले जनाएको छ ।
यसैबीच, इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानी बसरा पुग्नुभएको छ र प्रान्तीय गभर्नर र अन्य वरिष्ठ अधिकारीहरूसँग २५ औं अरेबियन गल्फ कपको फाइनल खेलको तयारीको निरीक्षण गर्न तत्काल बैठक गरेका छन् ।
यसैगरी, जनवरी १६ मा २५ औं अरेबियन गल्फ कपको सेमिफाइनलमा कतारविरुद्ध इराकी राष्ट्रिय टोलीको खेल हेर्न जाँदै गरेका धी कार र बसरा प्रान्तबीचको राजमार्गमा बाक्लो हुस्सुका कारण इराकी फुटबल समर्थक बोकेको बस ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । २५ औं अरेबियन गल्फ कप जनवरी ६ देखि बसरामा सुरु भई जनवरी १९ मा टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण