‘रन फर प्रोटिन’ शनिबार हुने, ५ हजार धावक सहभागी रहने
बिहीबार, ०५ माघ २०७९, २० : २६

काठमाडौं । नेपाल भेटेरिनरी संघले आयोजना गर्ने ‘रन फर प्रोटिन’ दौड प्रतियोगितामा करिब पाँच हजार धावकको सहभागिता रहने भएको छ । आयोजकका अनुसार महिला र पुरुष खुल्ला हाफ म्याराथन आगामी शनिबार हुने भएको हो ।
प्रतियोगितामा प्लस टू छात्र ५ किमी र छात्रा ३ किमी, खुल्ला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला, ह्वीलचियर पुरुष र महिला गरी ८ विधा समावेश गरिएको छ । यस्तै पुरुषतर्फ २९३, महिलातर्फ ४३, प्लस टू छात्रततर्फ ४१५ र छात्रातर्फ ३६५, १० किमिमा १६७५ र ५ किमिमा ४५७ जनाले नाम दर्ता गरिसकेको आयोजकले जानकारी दिएको छ ।
भेटेरिनरी संघका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा महिला र पुरुष खुला हाफ म्याराथनको विजेताले जनही १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
-
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने