फुटबल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि हातपात

स्याङ्जा । फुटबल खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरिएपछि स्याङ्जामा पाइलटमाथि हातपात भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण भएपछि चालकमाथि हातपात भएको हो ।
दिउँसो २ बजेर ३५ मिनेटमा हेलिकप्टर अवतरण भएसँगै त्यहाँ उपस्थित केही व्यक्तिले किन खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गराएको भन्दै पाइलट रानेश डंगोलमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
पाइलटमाथि हातपात भएपछि ५ मिनेटमै हेलिकप्टर त्यहाँबाट पोखरा फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार हेलिकप्टर वालिङकै विनोद गैरे, खिमबहादुर थापालगायतले चार्टर गरेका थिए । उनीहरुले त्यहाँ हेलिकप्टर अवतरण गर्न लगाएको बताइएको छ ।
वालिङ गोल्डकपको सेमिफाइलको खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण भएपछि होहल्ला समेत भएको थियो । स्थानीयका अनुसार त्यहाँ एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच सेमिफाइनल भइरहेको थियो ।
डिएसपी रवीन्द्र खनालले घटनाबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिलेसम्म कोहीपनि पक्राउ भने नपरेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण