अभिनेत्री राखी सावन्त पक्राउ
मुम्बई । बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छन् । अभिनेत्री शर्लिन चोपडाको उजुरीको आधारमा अम्बोली प्रहरीले उनलाई पक्राउ गरेको हो । राखी पक्राउ परेको खबर शर्लिनले आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘अम्बोली प्रहरीले राखी सावन्तलाई पक्राउ गरेको छ ।’
पक्राउ परेकी राखीलाई प्रहरीले केही समयपछि राखीलाई अन्धेरी अदालतमा उपस्थित गराउनेछ । राखीलाई आफ्नो आपत्तिजनक भिडियो तथा तस्बिर भाइरल गरेको आरोप अभिनेत्री शर्लिनले लगाएकी छन् । शर्लिनले गत बर्ष राखी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।
राखी पछिल्लो समय विवाह र आमा बिरामी भएको कारण लगातार चर्चामा छिन् । उनी अहिले निकै कठिन अवस्थाबाट समेत गुज्रिरहेकी छन् । केही अगाडि पहिले आदिल खानले उनीसँग विवाह अस्वीकार गरेका थिए । पछि स्वीकार समेत गरे । उनको आमाको स्वास्थ्य बिरामीका कारण नाजुक बन्दै गइरहेको छ । केही अगाडि उनी प्रेग्नेन्सीको कारणले पनि चर्चामा रहेकी थिइन् । –अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य
-
कोभिड-१९ महामारी चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबीमा ह्वाइट हाउसले के भन्यो?
-
माघ १९ : यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन
-
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
-
लगातार आठौँ बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण
-
आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिनेलाई कारबाही गर्न माग