माइक्रोसफ्टले कटौती गर्यो १० हजार कर्मचारी

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टले एकै पटक १० हजार कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकासहित विश्वभरको अर्थतन्त्रमा आएको मन्दीलाई कारण देखाउँदै कम्पनीले एकै पटक ठुलो संख्यामा कर्मचारी कटौती गरेको हो ।
यो निर्णयले एकै पटक माइक्रोसफट्को विश्वभर छरिएका ५ प्रतिशत कर्मचारी प्रत्यक्ष प्रभावित बन्नेछन् । यस्तै, कम्पनीको व्यापारमा १.२ बिलियन अमेरिकी डलरको प्रभाव पर्नेछ ।
माइक्रोसफट्का प्रमुख कार्यकारी अधिकारी सत्या नाडेलाले कोरोनाको समयमा धेरै मानिसले प्रविधिमा खर्च बढाएपनि यतिबेला खर्च कटौती गर्न खोजिरहेका छन् । यहीकारण, कम्पनीको व्यापारमा गिरावट आउँदा १० हजार कर्मचारीले रोजगार गुमाउने भएका हुन् ।
यद्यपि, बजारको आवश्यकताअनुसार माइक्रोसफ्टले नयाँ कर्मचारी हायर गरिरहेन नाडेलले बताए । उनका अनुसार यतिबेला धेरै क्षेत्रमा मन्दी छाइरहेको छ र प्रविधिको क्षेत्रमा पनि एआईको व्यापक प्रयोग बढेको छ ।
फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्सको क्षत्रमा अर्बौ डलरको लगानी गरिरहेको छ । ओपन एआईले बनाएको च्याट जीपीटीका धेरै लगानीकर्तामध्ये माइक्रोसफ्ट पनि एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु