राष्ट्रपतिको निर्वाचनअघि ऐन संशोधन गर्नुपर्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी संविधानको व्यवस्था र निर्वाचन ऐनबीच भिन्नता रहेकाले एकरुपताका लागि ऐन संशोधन गर्नुपर्ने बताएको छ ।
नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले संविधान र ऐनलाई एकरुपता दिन कांग्रेसले ऐन संशोधन गरेर एकरुपताका लागि प्रस्ताव लैजाने बताएका छन् ।
‘हाम्रो संविधानको व्यवस्था र राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुन र ऐनबीच केही विरोधाभासको अवस्था छ’, नेता लेखकले भने, ‘कानुनले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको छ ।’
नेता लखेकले ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले निर्वाचन गर्नुपर्छ भनेकाले त्यस्तो अवस्थामा ऐनअनुसार नै जाँदा प्रत्येक कार्यकालमा राष्ट्रपतिको कार्यकाल एकएक महिना घटेर जाने बताए ।
‘ऐन संशोधन गरेर संविधान र ऐनको भावनामा एकरुपता गर्दै मिलाएर जाऊ भन्ने हाम्रो प्रस्ताव रहन्छ’, नेता लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?