मेनपावर व्यवसायीलाई श्रममन्त्रीको चेतावनी– ‘गलत गर्नेलाई कुनै हालतमा छोड्दिन’
_WHy22l7NjP.jpg)
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले गलत गर्नेलाई कानूनी दायरमा ल्याउने बताएका छन् । मन्त्रालयमा शुभकामना दिन आएका मेन पावर व्यवसायीहरूसँगको कुराकानीमा मन्त्री अर्यालले गलत गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च लगायतका मेन पावर व्यवसायीले बिहीबार मन्त्री अर्याललाई भेटेका थिए । भेटको क्रममा आफु नियम कानूनको पालन गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
‘म नियम कानूनभन्दा एक इन्च तलमाथि गर्दिन् । व्यवसायीमा पीर मर्का पनि म आफैं समाधान गर्नतिर लाग्छु । तर, गलत गरेको खण्डमा भने छोड्दिन् ।’ उनले भने । आफ्नो बारेमा मिडियामा अनेकन खाकका टिकाटिप्पणी आइरहेको भन्दै उनले त्यसले आफुलाई कुनै फरक नपर्ने प्रष्ट पारे । ‘मेरो काम के हो भन्ने म आफैंलाई थाहा छ । मिडियामा आफ्नो बारेमा अनेकन कुरा आइरहेका छन् । त्यसले मेरो काममा केही फरक पर्दैन,’ उनले भने, ‘जसले जे भनेपनि मलाई नै थाहा छ । तर, म व्यवसायीको हक हित र राज्यको ऐन कानुनभन्दा तलमाथि गर्दिन । मेरो कार्यशैलीले भोलिको दिनमा थाहा हुनेछ ।’
व्यवसायी र श्रमिकको हक हितका लागि आफु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए । सरकार नियम कानून अनुसार चल्ने भन्दै गल्ती नगरेर श्रमिकको हितलाई ध्यानमा राखेर काम गर्न व्यवसायीहरूलाई सुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने