सभामुखमा भएन अब राष्ट्रपतिको मिसन सुरु हुन्छ : चन्द्र भण्डारी
बिहीबार, ०५ माघ २०७९, १५ : ३०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कांग्रेस सत्ता गठबन्धन टुटाउन निरन्तर लागि रहने बताएका छन् । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले भने, ‘चुनावमा माओवादीसँग गठबन्धन थियो । त्यो टुट्यो । अब अहिलेको गठबन्धन टुटाउन हामी निरन्तर लागि रहन्छौं ।’
सभामुख चुनाव जित्ने मिसन सफल नभए पनि राष्ट्रपतिको चुनाव जित्ने मिसन रहेको उनको भनाइ छ । ‘सभामुख मिसन थियो । अब राष्ट्रपति पनि मिसन हुन्छ, गठबन्धन टुटाउने पनि मिसन हुन्छ । यो त हुनै शंका नै भएन नि,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह