राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा

काठमाडौं । राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ ।
बिहीबार जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।
यस्तै, आगामी फागुनमसान्तभित्र अनिवार्य रुपमा सम्पूर्ण मातहत कमिटी (वडा, पालिका र जिल्लां) को अधिवेशन सम्पन्न गर्ने पनि भएको जनाइएको छ । २ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममुखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधिलाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]