खर्च कटौती गर्न तात्यो अर्थ मन्त्रालय–बोतलको पानी नखाने, एसी/हिटर नचलाउने
काठमाडौँ । चालू आर्थिक वर्षको मध्यावधि सकिएपछि अर्थमन्त्रालय खर्च कटौती गर्न तातेको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ३७९ मा सरकारी निकायको चालू प्रकृतीका प्रशासनिक खर्च घटाउने उल्लेख छ । उक्त बुँदामा कम्तिमा १५ प्रतिशतले खर्च घटाउने गरी बजेट कार्यान्वय गर्ने भन्ने लेखिएको छ । सोहीअनुसार खर्च कटौती गर्न मन्त्रालय तातेको हो ।
यसका लाग मन्त्रालयले १७ बुँधे निर्देशन जारी गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशन यस्तो छ –
- अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गर्ने
- दुई पाङग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्विसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्न
- अति आवश्यक देखि बाहेक थोरै र पटकेकको रुपमा प्रयोग हुने सामान स्टक नराख्ने
- मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तकहरु कम गरी वेबसाइटमा राख्ने
- अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठि नगर्ने । गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरु प्रयोग गर्ने
- स्वीकृत कार्यक्रमहरु पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने
- बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइदै आएको सुविधा नदिने । दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने
- अति आवश्यक विना एसी हिटर र पंखाको प्रयोग नगर्ने
- बोतलको पानीलाई निरुत्साहित गर्ने
- कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने
- स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करारतथा ज्यालादारीमा कामकाज नलगाउने
- बैठकहरु कार्यालय समयभित्र मिलाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन