हामीलाई कसैको शिकार नबनाइयोस् : गंगाराम चौधरी
बिहीबार, ०५ माघ २०७९, १४ : ०१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सभामुखमा देवराज घिमिरेलाई समर्थन गरेको छ । सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले घिमिरेको पक्षमा मतदान गर्ने बताएका हुन् । तर उनले टिकापुर घट्नाका राजवन्दी रेशम चौधरी लगायतलाई तत्काल रिहाइ गर्न माग समेत गरे ।
उनले भने, ‘हामीलाई कसैको शिकार नबनाइयोस् हामी सिर्फ न्याय मागिरहेका छौ । रेशम चौधरी लगायतका राजवन्दी अझै जेलमा छन् । निर्दोष मान्छे थुनिएका छन् । तर यता उता देखाएर चोखिने प्रयास भइरहेको छ त्यसो नगरौं’, उनले चेतावनी दिँदै भने, ‘छुट्टै पक्षको कुर्सीमा बस्न पाइएन भने हाम्रा मतहरु अन्तै सर्नेछन् ।’ उनले त्यसको प्रभावकहाँ कसलाई पर्छ त्यसको भागीदार आफुहरु नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी
-
हर्षोल्लासका साथ मनाइँदै ईद–उल–फित्र, तस्बिरहरू
-
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो
-
यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य
-
टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा
-
आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु