कोशी अस्पतालमा जिउँदो बालकलाई मृत्यु घोषणा प्रकरणः स्वास्थ्यमन्त्रीद्वारा चासो

काठमाडौं । कोशी अस्पतालमा उपचारका लागि लगिएका एक बालकलाई चिकित्सकले जिवित रहँदा नै मृत्यु घोषणा गरेको प्रकरणमा स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चासो व्यक्त गरेका हुन् ।
उनले बालकका अभिभावक र अस्पताललाई फोन सम्पर्क गरेर यसबारेमा जानकारी लिएका हुन् । बालकका बुवा दिलिप मुखियासँगको टेलिफोन संवादमा मन्त्री गिरीले दोषीमाथि कारबाही गरिने बताएका छन् । उपचारको क्रममा लापरबाही गर्न नहुने भन्दै मन्त्री गिरीले घटनाको वास्ताविकता लेखेर पठाउन र आवश्यकता अनुसार दोषीलाई कारबाही गर्न कोशी अस्पतालका निमिक्त प्रमुख डा. लक्ष्मी नारायण यादबलाई पनि निर्देशन दिएका छन् ।
१८ दिनको नवजात छोरीलाई बुवा दिलिप मुखिया र आमा उमा मुखियाले उपचारका लागि अस्पतालको इमेरजेन्सीमा लगेका थिए । तर, उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको भएपनि बच्चा जिउँदै भएको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार