सिके राउतको प्रश्न : थोत्रा प्लेन ल्याउनेलाई कारबाही गर्न कसले रोकेको छ ?

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्सपेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानविन गरी कारबाही अघि बढाउन आग्रह गरे ।
‘मोटरसाइकल वा साइकलले ठोकेर कसैको मृत्यु भयो भने प्रहरीले सवारी धनीलाई खोजेर ल्याउँछ । पक्राउ गरेर हिरासतमा राखेपछि बल्ल छानविनको प्रक्रिया जान्छ । एउटा मोटरसाइकलले ठक्कर दिएर मान्छे मार्दा आम जनताले पाउने न्याय त्यहीँ हो’ राउतले भने, ‘यहाँ पुरानाभन्दा पुराना थोत्रा प्लेन ल्याएर सञ्चालन गर्ने सञ्चालक र त्यसलाई सञ्चालन गर्न अनुमति दिने अधिकारी, उडान भर्न अनुमति दिने इन्सपेक्टरको टोलीलाई पक्राउ गरेर छानविन गर्न कुनचाँहि विधिले दिँदैन ? त्यसमा हामी जान्न चाहन्छौं ।’
सरकारले कि सानालाई ऐन ठुलालाई चयन हुन्छ भन्नुपर्यो नभए तत्काल छानविन गरेर कारबाही हुनुपर्ने राउतले बताए । ‘मेरो गृहमन्त्री ज्यूसँग आग्रह छ । यस विषयमा गम्भीरताका साथ छानविन गरियोस् तपाई कम्तिमा प्रक्रियावादी नबन्नुस् भन्ने आग्रह गर्दछु’ राउतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?