आकर्षक पुरस्कार राशिसहित अन्तर कलेज फुटसल प्रतियोगिता हुने
बिहीबार, ०५ माघ २०७९, १३ : ४०

काठमाडौँ । खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेजले फुटसल प्रतियोगिता गर्न लागेको छ ।
कलेजले प्लस २, ६ए साइड चौथो अन्तर कलेज फुटसल प्रतियोगिता गर्न लागेको एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले जानकारी दिए । उनका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै