बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

देवराज घिमिरे योग्य र सक्षम हुनुहुन्छ सबैले मतदान गरौं : अधिकारी

बिहीबार, ०५ माघ २०७९, १३ : ३०
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सभामुख पदका उम्मेदवार देवराज घिमिरेको पक्षमा मतदान गर्न सबैमा अपिल गरेका छन् । संसदमा बोल्दै अधिकारीले देवराज घिमिरेलाई लामो समयदेखि आफूले चिन्दै आएकाले सक्षम व्यक्तिलाई सबैले मतदान गर्नुपर्ने बताए । 

अहिलेको सरकारले संविधान संशोधनसहित नागरिकता विधेयक  लगायत अरु जनताका समस्या समाधान गर्न तत्परता देखाउनुपर्ने अधिकारीले बताए । लोकतान्त्रिक आन्दोलनमा साहदत प्राप्त गर्ने सहितप्रति अधिकारीले सम्मान व्यक्त गरेका छन् ।

 ‘लोकतन्त्रिक आन्दोलनमा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण महान सहिदप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । आज माघ ५ गते यस्तो अवसर हो । संघीयता, समानुपातिक र समावेशीताका  लागि भएको आन्दोलनमा मधेस जनविद्रोहको बलिदानी दिन हो । सिराहा जिल्लाको जुन जिल्लाबाट सुरुवात भएको यो आन्दोलनको दिन पहिलो दिन सहिद हुनु भएका रमेश महतो लगायत मधेस जनविद्रोहमा सहाददत प्राप्त गर्नु हुने श्रद्धासुमन व्यक्त गर्न चहन्छु’ अधिकारीले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप