१० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक
बिहीबार, ०५ माघ २०७९, १३ : १९
![१० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक](https://rpcdn.ratopati.com/media/albums/rastra-bank_SgIYF4pVUu_zhjcfQJg2D.jpg)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई १० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्नका लागि १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले रिपोका लागि आज दिउँसो २ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकको सूचना अनुसार माघ ५ गते जारी हुने रिपो आगामी माघ १४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश