किसानका पीडामा मलम लगाउने गरी काम काम गर्छुः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
‘मैले कृषि तथा पशुपन्छी मन्त्रालय सम्हालेको तीन दिन मात्र भयो । म स्वयं किसानको छोरी हुँ । मलाई आम किसानका मर्म र पीडा थाहा छ । मेरो मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु हो,’ बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन् ।
कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिइन् । साथै साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन् ।
आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पु¥याएको पनि उनले बताइन् । मन्त्री साहले थपिन्, ‘हामीले उखु ढुवानीको मूल्य प्रतिक्विन्टल २० रुपियाँ मूल्यवृद्धि गरेका छौं । किसानहरु समयमै उखुको मूल्य पाउने गरी काम गर्न आवश्यक निर्देशन दिइसकेकी छु ।’
दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने पनि मन्त्री साहले औंल्याइन् । उनले थपिन्, ‘नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुन्छ । तर त्यसलाई हामीले सही तरिकाले राख्न सकेका छैनौं । हामी दूधबाट दूध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गछौं । हामीले निर्यात गरेका छुर्पीलगायत वस्तु तेब्बर महँगो मूल्यमा फेरि खरिद गरेर प्रयोग र्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ ।’
कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’
-
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
-
नयाँ बजेटको विषयमा अन्य मन्त्रालयसँग कस्तो छलफल गर्दैछ अर्थ मन्त्रालय ?
-
च्याउ खाँदा तनहुँमा दश जना बिरामी
-
तीनकुनेमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा एकको मृत्यु
-
सुन्दरीजलमा टिप्पर र बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु