समाचार
जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने
बिहीबार, ०५ माघ २०७९, १३ : ०८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।
जसपा सरकारमा सहभागी नभएका कारण कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष