एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ : सांसद निधि

नेपाली काग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए । उनले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए ।
उनले ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको बताए । उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए । सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताए ।
सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताए । उनले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा
-
टीसीएलको पश्चिम नेपालमा डिलर मिट सम्पन्न
-
‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला
-
थकाली समुदायले मनाए तोरन्ल पर्व, तस्बिरहरू
-
स्ववियु निर्वाचन : अहिलेसम्म ८० भन्दा बढी क्याम्पसहरूमा निर्विरोध निर्वाचित
-
‘म वार्ता गर्दिन, जे गर्न सक्छस् त्यही गर’ भनेर ट्रम्पलाई कसले दियो धम्की ?