केपी ओलीलाई विश्वप्रकाशको जवाफ : ढोक्सा थापेका छैनौँ, माछालाई जालमा पार्न कुनै योजना छैन

काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ । सभामुख पदमा सत्तारुढ दलबाट देवराज घिमिरे र सत्तारुढ इतरबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै आफूहरुले माछालाई जालमा पार्ने योजना नरहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयलाई लिएर दिएको अध्यक्ष ओलीको अभिव्यक्तिको बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिवाद गर्दै शर्माले भने ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन ।’ ओलीले प्रधानमन्त्रीलाई पिँजडामा हाल्न खोजेको आरोप शर्माले लगाए । उनले माछा र ढोक्साको कथा हालेर प्रधानमन्त्रीलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?