लहानमा सहिद संग्रहालय बनाइने
सिरहा । मधेस सरकारले सिरहाको लहानमा सहिद संग्रहालय बनाउने घोषणा गरेको छ । मधेस बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित सहिदप्रति मल्यार्पण कार्यक्रममा अर्थमन्त्री संजय यादवले सो घोषणा गरेका हुन् ।
उनले जग्गा उपलब्ध भयो भने यसै आर्थिक वर्षदेखि संग्रहालय बनाउने सुरु गरिने बताउँदै सहिदको सम्मानका लागि मधेस सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
मधेसी सहिदको कारण मधेस सरकार बन्न सम्भव भएको उल्लेख गर्दै उनले सरकारले सहिद र परिवारको सम्मानमा हरसम्भव प्रयास गर्ने बताए । आजै सहिद परिवारका सदस्य तथा घाइतेलाई सम्मान पनि गरिएको छ । जनकपुरमा आयोजित विशेष कार्यक्रममा सहिद परिवार तथा घाइते परिवारलाई सम्मान कार्यक्रम रहेको मन्त्री यादवले बताए ।
सरकारले मधेस प्रदेशमा सुशासन कायम गर्न कदम चालिसकेको बताउँदै उनले प्राप्त उपलब्धीलाई रक्षा गर्दै अन्य मागका लागि आफ्नो पार्टीले संघर्ष कायम राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते