सभामुख चयन गरेर सदनलाई नियमित,व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ : पाण्डे
बिहीबार, ०५ माघ २०७९, १२ : ३९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल सभामुख चयन गरेर सदनलाई नियमित,व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । संसदमा बोल्दै पाण्डेले सत्ता साझेदार दलबाट उम्मेदवार भएका देवराज घिमिरेको पक्षमा मतदान गर्ने आग्रह गरे ।
‘उहाँ(देवराज घिमिरे)ले नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै योग्दान गर्नुभयो । उत्पीडित समुदायको पक्षमा काम गर्नुभयो । नेपालको सुशासन समृद्धिका साथ सम्पूर्ण नेपाली जनतालाई एकतावद्ध बनाएर जानुपर्ने छ’ पाण्डेले भने, ‘देशको समृद्धि हासिल गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जुन दायित्व पुरा गर्नुछ । त्यसका लागि सदनमा हामीले नियमित र व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन गर्दैछौं । यसका लागि देवराज घिमिरे योग्य हुनुहुन्छ ।’ ससदको योग्य व्यक्तिलाई मतदान गर्न पाण्डेले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित