आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : मन्त्री लिङदेन

बिहीबार, ०५ माघ २०७९, १२ : ३४
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए । 

उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ , उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु ।’
मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप