ओलीलाई विश्वप्रकाशको प्रश्न : उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा पार्न खोजिएको त हैन ?

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारमा ईश्वरी देवी न्यौपानेलाई प्रस्ताव गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि बिश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालमा पारेर ढोक्सामा हाल्ने चाल चालेको त हैन भन्दै कांग्रेसमाथि गरेको प्रश्नको जवाफ दिदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको उल्लेख गरे ।
उनले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने जानकारी गराए । बरू एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई काम गर्न नदिन पिजडा बनाउन खोजेको आरोप लगाए ।
उनले केपी ओली प्रधानमन्त्री भएको बेला त्यस्तै संयन्त्र बनाउ भन्दा संविधानले नचिन्ने संयन्त्र मान्दिन भन्ने तर अहिले आएर किन त्यही संयन्त्र बनाउनुपरेको भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न सुहाउँदैन’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक
-
‘झण्डै लडेको’मा रातामकै र दीपाश्रीको ठूम्का
-
अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
-
सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा