दोस्रो स्थानमा उक्लिने मौका गुमायो युनाइटेडले

लण्डन । खेलको अन्तिम समयमा क्रिस्टिल प्यालेसका माइकल ओलिसेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरी खेल्न बाध्य भएको छ । बुधबार राति १–१ को बराबरीमा रोकिएसँगै युनाइटेडले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाएको हो ।
खेलको ४३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड लगातार १० औँ जिततर्फ अग्रसर रहेको थियो । तर, नाटकीय रूपमा खेलको इन्जुरी समयमा गोल फर्काएपछि युनाइटेड अङ्क बाँड्न बाध्य बन्यो । बराबरीपछि युनाइटेडले न्युक्यसललाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
तर, चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा चाहिँ अझै पछि परेको छ । एक खेल कम खेलेको सिटीले बिहीबार घरेलु मैदानमा टोटनहम हटस्पर्सको सामना गर्नेछ । १८ खेलपछि सिटीको ३९ अङ्क रहेको छ भने एक खेल बढी खेलेको युनाइटेडको समान अङ्क रहेको छ । ४७ अङ्कसहित आर्सनल लिगको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक