फेरि रिलिज हुँदै 'द कश्मीर फाइल्स'

मुम्बई । सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ । फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो ।
११ मार्च, २०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो ।
फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि–रिलिज गर्ने घोषणा गरेका छन् । ‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ । बलिउडमा एक वर्षमा कुनै फिल्म दुई पटक रिलिज भएको सम्भवत यो नै पहिलो हुनसक्छ’, उनले ट्वीट गरेका छन् ।
फिल्मका अभिनेता अनुपम खेरले पनि रि–रिलिजको पुष्टि गरेका छन् । ‘सायद पहिलोपटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक रिलिज हुन लागेको छ । फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक पुनः रिलिज हुँदैछ । कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला’, अनुपमले ट्वीट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ