बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने स्थिति अन्त्य गर्नुपर्छ : सांसद माझी

बिहीबार, ०५ माघ २०७९, ०७ : ०७
बिहीबार, ०५ माघ २०७९

लमजुङ ।  लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मी नारायण मावि अर्चलबोटले  स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालय प्राङ्गणमा निर्माण गरिएको संवरण स्तम्भको प्रतिनिधिसभाका सदस्य उर्मिला माझी पौडेलले अनावरण गरेकी छिन् । त्यस अवसरमा जग्गा दाता तथा मुख्य संस्थापक मोहन बहादुर कुँवरको अर्धकदको सालिक पनि अनावरण गरिएको थियो  ।

संवरण द्वार र स्तम्भ उद्घाटन र अनावरण पछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य माझीले विद्यालयको शैक्षिक प्रगतिको विवरण सुन्दा नेपालकै उत्कृष्ट मध्येको एक सामुदायिक विद्यालय हुन सक्ने बताइन् । उनले भनिन्-'सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने स्थिति पैदा भइरहेका बेला यस विद्यालयले अत्यन्तै न्युन साधन श्रोत र जनशक्तिबाट पनि शैक्षिक क्षेत्रमा प्रगति गरिरहेको र अन्य विद्यालयहरू र निजी विद्यालयहरूसँग पनि प्रतिस्पर्धा गरेर अब्बल बन्न सकेको कुराले मलाई झन् हर्षित र गौरवान्वित बनायो ।  यो विद्यालय देशकै एक उदाहरण बनेको छ  ।'

सांसद माझीले आफूले  विद्यालयको थप प्रगतिको लागि सक्दो पहल र सहयोग गर्ने पनि बताइन्। उनले अगाडि थपिन् - 'विद्यालय भोगेका समस्याहरूको एक एक गरी समाधान गर्नुपर्छ, हामीले हाम्रो सीमित बजेट, साधन श्रोतलाई अधिकतम सदुपयोग गरी धेरै भन्दा धेरै काम गर्नुपर्ने बाध्यता हामीसँग छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारकाबीच समन्वय गरेर यी समस्याहरू बिस्तारै समाधानमा मेरो पहल रहने म विश्वास दिलाउन चाहन्छु । हिजो यहाँका युवाहरू, विद्यार्थीहरू, अभिभावकज्यूहरू , शिक्षक साथीहरूले अरूलाई गुहार्नुपर्ने अवस्था थियो भने आज म पनि साथै रहेर पहल गर्ने ठाउँ बनेको छ । यहाँहरूसँग हातमा हात साथमा साथ मिलाएर अगाडि बढ्ने बाचा म गर्न चाहन्छु ।'

विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले स्वर्ण जयन्तीका अवसरमा विद्यालय क्षेत्र सरसफाइ, स्वर्ण स्तम्भ, स्वर्णद्धार निर्माणका काम भइरहेको बताए । स्वर्ण जयन्तीका अवसरमा पुस २६ गतेबाट हाजिर जवाफ, आन्तरिक खेलकुद , भलिबल प्रतियोगिता   लगायतका कार्यक्रम भएको  विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पौडेलले बताए।

पूर्व शिक्षक तथा विद्यार्थी र शुभचिन्तकहरूले सहयोग गरेका छन् । विद्यालयका अनुसार हालसम्म सहयोगीदाताहरूबाट ८ लाख १८ हजार ६ सय २१ रुपैयाँ सहयोग रकम सङ्कलन भइसकेको छ ।

२०२९ सालमा स्थापना भएको सो विद्यालयको स्वर्ण जयन्ती सम्पन्न गर्न लागि करिब १० लाख रुपैयाँ खर्च गरिएको थियो ।

sashi

जसमध्ये विद्यालयका पूर्व शिक्षक मनोज रेग्मीले ३२ हजार ९ सय ३ रुपैयाँ,पूर्व विद्यार्थी शशी थापा एवं पूर्व शिक्षक अप्सरा थापाले ३३ हजार ५ सय ६१ रुपैयाँ सहयोग गरेका थिए । अन्य पूर्व विद्यार्थी एवं शुभचिन्तक अर्जुन सुयलले ३२ हजार ९ सय ३, गणेश बहादुर अधिकारीले ३९ हजार ४ सय ८३, शिब ढकालले १९ हजार ८ सय ७३, प्रकाश मरहट्ठाले २६ हजार ९ सय ८०, बिदुर बिकले ३९ हजार ४ सय ८३, रितेश कुँवरले २६ हजार ४ सय ५४, राजेन्द्र लामि छानेले २७ हजार १ सय १२, विनोद र सुनिता कुँवरले २६ हजार ९ सय ८०, चन्द्र कुमारी  गुरुङले ३३ हजार ३४, लक्ष्मण रिमालले ३९ हजार ४ सय ८३, सागर कुँवरले ३९ हजार ४ सय ८३ सहयोग गरेका थिए । 

त्यसैगरी, रमेश कुँवरले ६ हजार ७ सय १२, राजन कुँवर खड्काले १३ हजार २ सय ९३, सुदीप मरहट्ठाले १७ हजार २ सय ४१, कल्पना कुँवरले १३ हजार ८ सय २०, विप्लव पौडेलले ६ हजार ७ सय १२, रोशन खड्का कुँवरले १९ हजार ८ सय ७३, उपेन्द्र कुँवरले १९ हजार ८ सय ७३, गौतम लामिछानेले १३ हजार २ सय ९३, सन्तोष भुजेलले १९ हजार ८ सय ७३, राज कुमार कुँवरले ३९ हजार ४ सय ८३, प्रकाश र प्रतिमा अधिकारीले १३ हजार २ सय ९३, ऋषि अधिकारीले १३ हजार २ सय ९३, नरेन्द्र लामिछानेले २६ हजार ९ सय ८०, गणेश कुँवरले ३९ हजार ४ सय ८३, अनिल कुँवरले ६ हजार ७ सय १२, विकास कुँवरले १३ हजार ८ सय २०, शम्भु कुँवरले १३ हजार ८ सय २०, विजय रेग्मीले १३ हजार २ सय ९३, अंगद कुँवरले १९ हजार ७ सय ४२, राज कुमार खड्काले ४३ हजार ८ सय २६ र धिरज कुँवरले २६ हजार ४ सय ५४ रुपैयाँ सहयोग गरेका थिए ।

 कक्षा १० सम्म पढाइहुने विद्यालयमा हाल १ सय ६८ विद्यार्थी अध्ययनरत छन् । सुविधासम्पन्न कम्प्युटर ल्याब, प्रविधिमैत्री शिक्षण मार्फत् पठनपाठन हुँदै आएको विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०७३ को एसईई। परीक्षामा २।९७ जिपिएका साथ जिल्ला प्रथम भएको थियो भने त्यसयताका परीक्षामा पनि गाउँपालिका प्रथम भएको छ । त्यस्तै २०७८ को कक्षा ८ को स्थानीय तह परीक्षामा पनि प्रथम भएको छ । यसैगरी २०७१ सालको एस्एलसी परीक्षामा छात्रा छात्र दुवै तर्फ जिल्ला प्रथम हुन सफल भएको विद्यालयका प्रअ अधिकारीले बताए ।

student

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप