मधेस प्रदेशमा आज सार्वजनिक बिदा
बिहीबार, ०५ माघ २०७९, ०६ : ४८
![मधेस प्रदेशमा आज सार्वजनिक बिदा](https://rpcdn.ratopati.com/media/albums/madesh-pradesh-sarkar_faE0huDllU.jpg)
धनुषा । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।