सकियो चितवन महोत्सव
![सकियो चितवन महोत्सव](https://npcdn.ratopati.com/media/news/chitwan-matosab_PO11WQj1hk.jpg)
चितवन । नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गरेका हुन् । महोत्सव पुस २५ गते सुरु भएको थियो ।
महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । चितवन महोत्सव जिल्लाकै ब्राण्ड बनेको भन्दै महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु सह्रानीय कुरा भएको थपलियाको भनाइ छ । जिल्ला तथा समग्र प्रदेशकै विकासका लागि आफ्नो मन्त्रालयले योजना बनाएर काम गर्ने मन्त्री थपलियाले बताए ।
समारोहमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं १४ औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवबाट अपेक्षित कारोबार भएको बताए । कोरोना कहर तथा बैंकको ब्याजदरका कारण आर्थिक क्षेत्र सुस्ताएको बेलामा महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।
महोत्सवमा चार सय ५० वटा स्टल रहेका थिए । महोत्सवबाट रु २५ करोड व्यापार हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । महोत्सवको करिब पाँच लाखले अवलोकन गरेका भए पनि व्यापार अपेक्षाअनुसार नै भएको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध