माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै
वासिङ्टन । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ ।
स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ ।
मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो ।
अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन् ।
सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र १,२२,००० र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए ।
व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले जनाएको छ ।
गत वर्षको जुलाईमा उसले थोरै सङ्ख्यामा रहेका भूमिकाहरू हटाइएको बताएको थियो। गत अक्टोबरमा समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका करिब एक हजार कर्मचारीलाई जागिरबाट निकालेको जनाएको थियो । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
-
एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा बलात्कार आरोपमा पक्राउ