समाचार प्रभाव : भवन निर्माण कार्य रोक्का गर्न जानकी मेडिकल कलेजलाई निर्देशन
बुधबार, ०४ माघ २०७९, १७ : ५१
जनकपुरधाम । धनुषाको जानकी मेडिकल कलेजलाई क्षिरेश्वरनाथ नगरपालिकाले कारवाही गर्ने भएको छ । केही दिनअघि रातोपाटी डटकममा ‘मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज’ शीर्षक समाचार छापिएको थियो । गत पुस २१ गते समाचार प्रकाशित भएपछि पुस २८ गते नगरपालिकाका मेयर सुखदेव यादवले कलेजलाई यथाशीध्र निर्माण कार्य रोक्न निर्देशन दिएका हुन् ।
नगरपालिकाले कलेजलाई निर्माण गरिरहेको भवनको निर्माण कार्य रोक्का राखी आवश्यक प्रकृया पुरा गरी मात्र निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो । नगरपालिकाले उक्त कलेजलाई नगरपालिकामा बुझाउनुपर्ने करसमेत नबुझाएको हुँदा सो करसमेत बुझाउँन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
-
'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'