न्यौपानेको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सभामुख पदमा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत दिन पार्टीका सांसदहरुलाई ह्वीप लगाएको छ । सभामुख पदमा कांग्रेसका तर्फबाट न्यौपाने र सत्ता गठबन्धनका तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबार विज्ञप्ति जारी गर्दै न्यौपानेको पक्षमा मतदान गर्न र देवराज घिमिरेको विपक्षमा मतदान गर्न भनेका हुन् ।
‘२०७९ साल माघ ५ गते विहान ११ : ०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचन सम्बन्धि प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरी देवी
न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले ह्वीप जारी गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?
-
नेपाल–भारतको सम्बन्ध पुरानो पुस्ता जस्तो रहेन : पूर्वराजदूत बराल
-
किन मनाइन्छ ‘वर्ल्ड हेल्थ डे’ ?
-
अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?
-
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण