बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जसपा तत्काल सरकारमा नजाने, सभामुखको  निर्वाचनबारे भोलि निर्णयमा पुग्ने

बुधबार, ०४ माघ २०७९, १६ : ३९
बुधबार, ०४ माघ २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । 

यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
 
पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप