कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ : महामन्त्री शर्मा
बुधबार, ०४ माघ २०७९, १६ : २४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’, शर्माको भनाइ छ । उनले अहिलेको संसदको शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिक भइरहेछ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, अब के होला ?
-
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका