आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय

धादिङ । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ ।
अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको छ ।
ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।
आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इशाख चेपाङ न्यानो लुगाको अपेक्षामा छन् । दिउँसो घाम लाग्छ जब रात पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरुको दिनचर्या भएको छ । उनीहरु मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारलाई न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ ।
पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ चेपाङ विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताए । विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थीहरु गाउँमा नबसी विद्यालयमै आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाकै भरमा गुजारा गरिरहेको आफूले देखेको उनको भनाइ थियो छ ।
स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनी भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकाल भइसके पनि चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन न नसकेको मासखर्कका कृष्ण चेपाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?
-
काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
-
राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन
-
रास्वपा सांसद झाको प्रश्न: कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?