बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
राजनीति

पार्टीको मूल नीति बनाउन झलनाथको संयोजकत्वमा समिति गठन

बुधबार, ०४ माघ २०७९, १५ : १७
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ ।  बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले खनालको संयोजकत्वमा समिति गठन गरेको हो ।

खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त,आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मुल नीति र  पार्टी  निर्माणको मूल दिशाको बारेमा मस्यौदा तयार गर्नेछ । उक्त मस्यौँदा पार्टी कमिटीहरुबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।  खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ  खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप