मधेसका मुख्यमन्त्रीलाई नेकपा एकीकृत समाजवादीको सुझाव– घाइतेको स्वास्थ्यलाभको कामना गर्छु नभन्नुस्

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलका नेता गोविन्दप्रसाद न्यौपानेले मधेस प्रदेशका मुख्यमन्त्रीलाई ‘घाइतेको स्वास्थ्यलाभको कामना गर्दछु’ भनेर नभन्न सुझाव दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् । उनले आफूले केही सर्तका साथ सरकारलाई विश्वासको मत दिने प्रस्ट पार्दै सबैभन्दा पहिला ‘घाइतेको स्वास्थ्यलाभको कामना गर्दछु’ भन्न छाड्न सुझाव दिएका हुन् ।
घाइतेको स्वास्थ्यलाभको कामना गर्ने नभइ प्रदेश सरकारले जनआन्दोलन, जनयुद्धका घाइतेको उपचारको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । त्यो भन्न नसके सरकारले घाइतेका आश्रित परिवारका लागि केही गर्न सक्नुपर्ने उनले बताए । विगतको सरकारले प्रदेशमा विभिन्न योजना अघि बढाएर धेरै काम गर्न खोजेको तर ती उपलब्धिमुलक हुन नसकेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए ।
‘बेटी बचाउ बेटी पढाउ भनिएको छ तर न बेटी बचेको छ, न पढेको छ,’ उनले भने, ‘उपलब्धि के भयो त ? प्रहरी ऐन बनाउनु भयो तर प्रहरी राख्न सक्नु भएन ।’ मधेस संघीयताको जननी भएको प्रस्ट पार्दै उनले संघीयताको मर्म अनुसार अघि बढ्न र संविधानमा उल्लेखित अधिकार हासिल गर्न पनि उनले प्रदेश सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै