एटिआर–७२ दुर्घटनामा मृत्यु भएका थप २ जनाको शव काठमाडौँ
_Eu7561VbNu.jpg)
काठमाडौँ । पोखरामा यती एयरलाइन्सको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर मृत्यु भएका थप दुई जनाको शव काठमाडौँ ल्याइएको छ । मंगलबार सेती नदीको खोंचमा भेटिएको एकजना महिला र टुक्रा परेको अवस्थामा एउटा टाउको र खुट्टा भेटिएको थियो । दुवै शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । घटनास्थलमा भेटिएको २२ शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम गरेकोमध्ये एउटा शव परिवारलाई जिम्मा लगाउन बाँकी छ ।
थप दुईसहित त्रिवि शिक्षण अस्पतालमा ५० वटा शव ल्याइएको छ । दुर्घटनास्थलबाट ६९ जनाको सग्लो शव संकलन गरिएको छ । ३ वटा शवको आंशिक भाग मात्रै भेटिएको छ । ‘हिजो (मंगलबार) दुई ठाउँबाट किचिएको अवस्थाको मानिसको टाउको, करङ र पैताला भेटियो’ कास्कीका एसपी अजय केसी भन्छन्–‘टुक्रा अवस्थाका भेटिएको शव काठमाडौँ पठाएका छौँ ।’
कास्कीमा पोष्टमार्टम गरिएको २२ वटा भन्दा बाहेक अरु शव ‘पहिचान गर्न नसकिएको’ भन्दै फरेन्सिक विज्ञहरुले काठमाडौं पठाउन भनेका हुन् । चिकित्सकहरुले ७२ वटा शव फरक मानिसको भनेर प्रमाणित नगरेसम्म खोज तथा उद्धार जारी राखिने कास्कीका एसपी केसीले जानकारी दिए । यसैबीच, नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले मृत्यु भएका ७१ जनाको शव भेटिएको जानकारी दिएको छ । समन्वय केन्द्रले भनेको छ– ‘एकजनाको अवस्था अझै अज्ञात छ, खोजी कार्य जारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन