बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

मधेशका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ

बुधबार, ०४ माघ २०७९, १३ : ३५
बुधबार, ०४ माघ २०७९

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईसरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित भएका मण्डल र उपसभामुखमा निर्वाचित भएका ईसरले शपथग्रहण गरेका हुन् । सभामुख मण्डललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए भने उपसभामुख ईसरलाई सभामुख मण्डलले शपथ ग्रहण गराएका थिए ।

सभामुख मण्डलले आजै पदभार ग्रहण गरेका छन् । आज सभामुख मण्डलकै अध्यक्षतामा प्रदेश सभाको बैठक चलिरहेको छ । १०३ जना सहभागी प्रदेशसभा सदस्यमध्ये ७४ जनाले पक्षमा मतदान गरी मण्डल सभामुख पदमा निर्वाचित गराएका थिए भने २९ जनाले विपक्षमा मतदान गरेका थिए ।

त्यस्तै उपसभामुखको लागि भएको निर्वाचनमा १०१ जना सभासदस्य मध्ये ७२ जना सदस्यले पक्षमा मतदान गरी निर्वाचित गराएका थिए र उनको विक्षमा पनि नेकपा एस र नेपाली कांग्रेसका २९ जनाले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप