बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
समाचार

माओवादी नेता पुनमा कलेजो प्रत्यारोपण गरिने

बुधबार, ०४ माघ २०७९, १७ : ००
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् ।

नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताए ।

‘मैले उहाँलाई उपचार गर्न थालेको १०/१२ वर्ष नै भइसक्यो । उहाँले बीचमा बाहिर उपचार गर्नुभयो । पछिल्लो समय कलेजो कमजोर देखिएको छ । जसले गर्दा अस्ति रोल्पाबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको छ’ शर्माले भने, ‘मेडिकल उपचार बाहिर र यहाँ एउटै हो । मेडिकल उपचार खासै फरक हुँदैन । लिभरलाई किड्नी जस्तो डाइलासिस गरेर हुँदैन । लिभर नै फेर्नुपर्छ । लिभर कमजोर भए फेर्नुको विकल्प हुँदैन ।’  

किड्नीको प्रत्यारोपण नियमित भएपनि कलेजोको नियमित प्रत्यारोपण हुन नसकेको शर्माले बताए ।  ‘लिभरको प्रत्यारोपण त्यति धेरै भइराखेको छैन । विदेशबाट आएका चिकित्सकले फाट्टफुट्ट गर्ने गरिएको छ । उहाँले कहाँ उपचार गर्ने भनेर सम्पर्कगरी राख्नुभएको छ’ शर्माले भने, ‘नेपालमा लिभर प्रत्यारोपण गर्दा रिक्स हुन्छ । मैले बाहिरै लिभर प्रत्यारोपण गर्न सुझाएको छु ।  सर्जिकल र स्किलको कुरा पनि हुनसक्छ ।’

पुनलाई कलेजो प्रत्यारोपणका लागि परिवारका सबै सदस्य तयार रहेको शर्माले बताए । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५० देखि ६० लाख खर्च हुने बताए । अरु देश हेरेर खर्च लाग्ने बताइएको छ ।  कलेजो प्रत्यारोपण गर्दा कुनै समस्या नआएमा डेढ महिना लाग्छ । त्यसपछि २ महिना जति रेष्ट गर्नुपर्छ’ शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप