माइक्रो बस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते
बुधबार, ०४ माघ २०७९, १२ : ३८
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा ठोक्किएको थियो दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोहियाको मृत्यु भएको हो ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट
-
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु