आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माइक्रो बस  र  बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते

बुधबार, ०४ माघ २०७९, १२ : ३८
बुधबार, ०४ माघ २०७९

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको  मृत्यु  भएको छ  । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु  १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा  ठोक्किएको थियो दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोहियाको मृत्यु भएको हो । 

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप