कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन
काठमाडौँ । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित "निर्वाचन समीक्षा कार्यदल"ले बुधबार आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेस गरेको छ ।
पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी माघ ९/१० गते काठमाडौँमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ ।
प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए । प्रतिवेदन यथार्थपरक र व्यवहारिक बनाउन हरसम्भव प्रयास गरिएको र देशभरीका नेता कार्यकर्ताहरूको भावना समेटिएको तथा कमिकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डाक्टर भण्डारीले जानकारी दिए ।
कार्यदलमा नेताहरू वसन्तमान सिंह अधिकारी , सुरेश आचार्य ,माधव खत्री , नर प्रसाद थापा ,यबती कार्की, हिक्मत सिंह भण्डारी ,राजाराम बर्तौला "चुनेली",उज्ज्वल पोखरेल, रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै