युनाइटेड किन्ने दौडमा सर र्याटक्लिफको औपचारिक प्रवेश

म्यानचेस्टर । बेलायती अर्ब सर जिम र्याटक्लिफको कम्पनी इनेओसले म्यानचेस्टर युनाइटेडलाई खरिद गर्ने दौडमा औपचारिकरुपमा प्रवेश गरेको छ । युनाइटेडका मालिक ग्लेजर परिवारले गत नोभेम्बरमा आफूहरुले क्लब बिक्री गर्न चाहेको बताउँदै विभिन्न विकल्पहरुबारे अध्ययन गरिरहेको बताएको थियो । ग्लेजर परिवारले सन् २००५ मा क्लब खरिद गरेको थियो ।
कम्पनी क्लब खरिदको प्रक्रियामा औपचारिकरुपमा प्रवेश गरेको इनेओसले बताएको छ । यसअघि र्याटक्लिफले अर्को प्रिमियर लिग क्लब चेल्सी पनि खरिद गर्ने असफल प्रयास गरेका थिए । रोमन अब्रामोविचले लण्डन क्लबलाई बिक्री राखेपछि उनले गरेको ४।२५ अर्ब पाउन्डको अफर अस्वीकृत भएको थियो ।
ग्रेटर म्यानचेस्टरको फेल्सवोर्थमा जन्मिएका र्याटक्लिफ सानैदेखि युनाइटेडका फ्यान रहेका थिए । उनी बेलायतको सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन् । फ्रान्समा निस र स्वीटजरल्याण्डमा लाउसेन क्लब इनेओसको स्वामित्वमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?