चोरी आरोपितको हात काटिदियो तालिवानले
बुधबार, ०४ माघ २०७९, १२ : ११
![चोरी आरोपितको हात काटिदियो तालिवानले](https://npcdn.ratopati.com/media/news/taliwan_PPJKX57XOG.jpg)
काबुल । तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको थियो’, टोलो न्यूजले ट्वीट गर्यो ।
प्रहारको क्रममा स्थानीय अधिकारी र कान्दाहारका बासिन्दाहरू उपस्थित थिए । प्रान्तीय गभर्नरका प्रवक्ता हाजी जैदले दोषीहरूलाई ३५–३९ पटक कुटपिट गरिएको बताए । यसैबीच, अफगान पुनर्वास मन्त्री र बेलायतमा शरणार्थी मन्त्रीका पूर्व नीति सल्लाहकार शबनम नसिमीले तालिबानले कान्दाहारको एक फुटबल स्टेडियममा चार जनाको हात काटेको बताएका छन् ।
अन्तर्राष्ट्रिय निन्दाको बाबजुद तालिबानले कट्टरपन्थी सर्वोच्च नेताको आदेशपछि कोर्रा लगाउने र अपराधीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ
-
तथ्याङ्कमा युरो २०२४ : क्वार्टरफाइनलअघि १ सय गोल पूरा, गोल्डन बुटको रेसमा को–को ?
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा
-
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कार्यदलमा सकारात्मक छलफल भयो : जनार्दन शर्मा
-
चिया तथा कफी बोर्डको निर्देशक नियुक्तिको अन्तर्वार्ता स्थगन