प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

मुम्बई । अभिनेता प्रभास स्टारर बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गरेको नयाँ पोष्टरमा फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरिएको छ । प्रभासको अलवा कृति सेनन, सैफ अली खान र सन्नी सिंहको समेत फिल्ममा मुख्य भूमिका छ ।
‘आदिपुरुष’ को भिएफएक्सदेखि लिएर प्रभास, सन्नी सिंह, कृति सेनन र सैफ अली खानको लुकलाई मानिसहरुले निकै ट्रोल गरेका छन् । सैफ अलि खानको दाह्रीले सबैभन्दा बढी हल्ला मच्चाएको छ । यस्तो अवस्थामा यसलाई सुधार गर्न फिल्मको प्रदर्शन मिति थपिएको दाबी गरिएको थियो । ‘आदिपुरुष’ लाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्म करिब ५०० करोडको बजेटमा बनेको हो । कतिपय रिपोर्टले ‘आदिपुरुष’ आइम्याक्स थ्रीडीमा रिलिज हुने दाबी गरेका छन् । –अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा