शाहरुखको भाग्यशाली लामो कपाल

मुम्बई । बलिउडका मेगा सुपरस्टार शाहरुख खान हालका दिनमा फिल्म ‘पठान’का कारण चर्चामा छन् । यो फिल्ममा शाहरुखको लामो कपाल र सोलिड फिजिकको लुक्स लिएर दर्शकमाझ आउँदैछन् ।
अहिले शाहरुखको लामो हेयर स्टाइलको चर्चा बढी छ । तर कमैलाई थाहा होला कि शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली सावित हुँदै आएको छ । फिल्म ‘पठान’ अघि पनि उनको लामो हेयर स्टाइल लुक्स सुपरहिट सावित भइसकेको छ ।
डन २
शाहरुख खानको फिल्म ‘डन’को सिक्वेल अर्थात् ‘डन २’ मा उनलाई लामो हेयर लुक्समा प्रस्तुत गरिएको थियो । सन् २०११ मा रिलिज ‘डन २’मा शाहरुखको लामो हेयर लुक्सको तारिफ गरिएको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्मले बक्स अफिसमा एक सय ६ करोड बढी कलेक्सन गरेको थियो ।
ह्याप्पी न्यू इयर
सन् २०१४ मा रिलिज शाहरुखको फिल्म ‘ह्याप्पी न्यू इयर’ पनि यही सूचीमा सामेल छ । यो फिल्ममा शाहरुखले पौनी टेल हेयर स्टाइल बनाएका थिए । लामो कपालको यो लुक्स निकै भाइरल भएको थियो । उनको यो शैलीलाई फ्यानले कपि पनि गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ३ करोडको कमाइ गरेको थियो ।
‘डन २’ र ‘ह्याप्पी न्यू ईयर’मा शाहरुखको लामो कपालले आफूलाई भाग्यशाली बनाए जस्तै ‘पठान’ पनि भाग्यशाली हुने दाबी उनका फ्यानको छ । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य